लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ

महोत्तरी । लागूऔषध कारोबार गरेको आरोपमा बर्दिबासबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो छन् ।
विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।
उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, नोफिन लेखिएको २० एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड २० एम्पुल, कोडियन फोस्फेट मिलेट साइरुप लेखिएको १०० एमएलका २ बोतल र नाइट्रोभेट-१० लेखिएको २३ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए ।
आरोपित तुलबहादुर र दीपक महतोलाई प्रहरीले फरकफरक ठाउँबाट पक्राउ गरेको थियो । तुलबहादुर हरियो रङगको पल्सर ३९ प ५२६५ नम्बरको बाइकमा जाँदै गर्दा बीपी राजमार्गको सडकखण्ड अन्तर्गत स्मृति पार्कबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यस्तै दीपक महतो बीपी राजमार्गकै सिन्धुली बस काउन्टरबाट रङ्गेहात पक्राउ परेका थिए ।
आरोपितद्वयलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया