म्याद थप्न लगेका बन्दी अदालतबाटै फरार

बुटवल- दाङ जिल्ला अदालतबाट प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी फरार भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए ।
विश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई भित्र न्यायाधीशसमक्ष पेस गर्ने क्रममा शौचालय गएका थिए । त्यही बेला उनी शौचालयको झ्यालबाट भागेको डिएसपी गौतमले जानकारी दिए ।
लामो समयसम्म विश्वकर्मा नआएपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ फेला नपरेको डिएसपी गौतमले जानकारी दिए । विश्वकर्मा शौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर फरार भएका थिए । उनको खोजी कार्य जारी रहेको दाङ प्रहरीले बताएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया