गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता
मुख्यमन्त्रीमा पोखरेलको नाम प्रस्ताव

पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । गण्डकी प्रदेशसभा सचिवालयमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावको पक्षमा २८ जना सांसदको हस्ताक्षर छ । जसमा कांग्रेसका १४, माओवादीका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।
अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने सहमति छ । अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राती नै प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
तर विशेष अधिवेशनको माग गर्दै चार दलका नेता तथा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश प्रमुख शेरचन माओवादी केन्द्र निकट हुन् । गण्डकीमा एमालेको सरकार ढालेर माओवादी र कांग्रेस मिलेर जनमोर्चा, जसपासहितको नयाँ सरकार बनाउने सहमति छ ।
र, यो पनि
अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया