सांसद झपट रावल बस्ने घरमा अज्ञात समूहद्वारा ढुंगा प्रहार

काठमाडौं : प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल बस्ने काठमाडौँस्थित घरमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । राज्य ब्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । राति १२ बजेको समयमा उनी बस्ने घरमा ढंगा प्रहार भएको जानकारी दिए ।
‘राति १२ बजे ढोकामा कसैले ढुंगा हान्यो,’ समिति बैठकमा उनले भने, ‘हामी उठ्यौं । पाँच/दश मिनेटपछि फेरि ढुंगा हान्यो । मैले प्रहरीलाई जानकारी दिन धेरै प्रयत्न गरेँ । तर, धेरै प्रयास गर्दा मात्रै हनुमान ढोका प्रहरीसँग सम्पर्क भयो । खबर गरेको ४५ मिनेटपछि मात्रै प्रहरी आइपुग्यो ।’
उनले यस्ता घटनामा तत्काल प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने समेत बताए । घटनाको छानबिन गर्न उनले माग गरे । ‘मेरो कसैसँग रिसिइबी छैन,’ उनले भने, ‘घरधनी कानुन व्यवसायी हुनुहुन्छ । उहाँको के छ थाहा छैन । यो कसले किन गर्यो ? तुरन्त छानबिन गरियोस् ।’
रावल नेकपा एमालेका सांसद् हुन् । एमालेमा विवाद देखिएपछि उनी अहिले खनाल–नेपाल समूहमा छन् ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया