सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

काठमाडौँ - सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।
हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया