भन्सार छलेर ल्याईएका कपडासहित एक पक्राउ

काठमाडौं –भन्सार छलेर ल्याईएका कपडासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सर्लाही हरिवन नगरपालिका ११ का २५ वर्षीय किरण विश्वकर्मालाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो । विश्वकर्मालाई राति भक्तपुर सूर्यविनायक नगरपलिका–८ जगाती चेकप्वाईन्टबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रदेश नं. २–०३–००१ ख १९९७ नं. को आईचर गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडी पट्टी ढालाको भित्री साईडमा लुकाएर राखेको जुट र प्लाष्टिकको १६ वटा बोरा भित्र भन्सार छली गरी ल्याईएका सामानहरु, गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुरमा पठाईएको पाण्डेले जानकारी गराए ।
विभिन्न साईज र रंगका घाँघरहरु १हजार सात सय १० थान, साडीहरु २ सय ३१ थान, साईजका लेडीज ब्राहरु ४ हजार ६ सय ९२ थान, लेडीजले लगाउने वानपिस कपडा २० थान, लेडीज कुर्था सुरुवाल थान ४८० थान सामानहरु नियन्त्रणमा लिइएको छ ।
सवारी साधन जाँच गर्ने क्रममा धनुषाको ढल्केबरबाट बर्दिबास सिन्धुली बि.पी. राजमार्ग हुँदै भक्तपुर आउदै गरेको बेला पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया