पर्सा जिल्लाबाट हुण्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं– तीन लाख ५० हजार रकमसहित हुण्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पर्सा जिल्ला वीरगञ्ज महानगरपालीका १२ का २७ वर्षीया सुरज पटेललाई वीरगञ्ज महानगरपालीका १६, शंकराचार्य गेट स्थित सडक खण्डबाट आइतबार पक्राउ गरिएको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना.५२ प २४२० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा रकम फेला पारिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाए ।
हेलमेट भित्र लुकाइ छिपाइ राखेको श्रोत नखुलेको नेपाली चार लाख पचास हजार फेला परेको हुँदा उक्त रकम बरामद गरीे मोटरसइकल सहित नियन्त्रणमा लिइएको गिरीले जानकारी दिएका छन् । अभियुक्तलाई कार्यालयमा ल्याइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया