स्रोत नखुलेको सात लाखसहित एक जना पक्राउ

जनकपुरधाम - भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन् । कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।
कुर्मी ना२८प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि शंका लागेर चेकजाँच गरेको र सो क्रममा बरामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया