एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपी प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ- उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।
उदयपुरको वाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बस्नेतलाई प्रहरीले सोही दिन नै घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको थियो । आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान वाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना बिहान साढे ११ बजे भएको भए पनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे मात्र घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
पक्राउ परेका हत्या आरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया