स्रोत नखुलेको ३९ लाख ५० हजार नगदसहित पक्राउ

धादिङ - नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए ।
पक्राउ भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया