सरकार जस्तोसुकै चुनौती सामना गर्न तयार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको बताएका हुन् ।
वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गरे ।
केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको बताए । सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताए । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताए । सो अवसरमा मन्त्री गुरुङ र वाङमय शताब्दी पुरुष जोशीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरे ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया