चुनाव लड्न मधेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

जनकपुरधाम। आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्न मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा गरेका छन् । शनिवार उनले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएका हुन् ।
महाेत्तरीकाे क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा चुनाव लड्ने उनकाे तयारी छ । तत्कालिन राजपा काेटाबाट मुख्य न्यायाधिवक्तामा नियुक्त भएका झा आज नै जनता समाजवादी पार्टीमा प्रवेश गर्ने बुझिएकाे छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेकाे जनाइएकाे छ । मुख्य न्यायाधिवक्ता रहँदा झाले प्रदेशकाे संवैधानिक अधिकारका लागि संघीय सरकारसित निरन्तर कानुनी लडाइँ गर्दै आएका थिए ।
उनकै सक्रियतामा मधेस सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा ८ वटा मुद्दा दर्ता गराएको थियो । झाले चुनाव लड्ने तयारी गरेका महाेत्तरी क्षेत्र नं. ३ का वर्तमान सांसद लाेसपाका अध्यक्ष महन्थ ठाकुर रहेका छन् र आउँदाे निर्वाचनमा पनि ठाकुर साे क्षेत्रबाट चुनाव लड्ने छन । ठाकुरजी पनि साे क्षेत्रबाट चुनाव लड्दैछन् भन्ने जिज्ञासा झाले भने-'अहिलेसम्म त चुनावकाे तयारीमा छु अब हेर्नुस पछि के हुन्छ।'

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया