शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

‘मानपदवी, अलंकार र पदक’ले फेरि रङ्गियो सामाजिक सञ्‍जाल

काठमाडौँ : नयाँ वर्षका दिन राष्ट्रपति कार्यालय विभूषण–तक्मा पदकले रंगियो। छ दिनअघि मात्रै त्यसरी नै राष्ट्रपति रंगिएको थियो । छ दिनअघि २०७६ को संविधानमा दिवसमा घोषितहरु विभूषित भएका थिए भने आज चाहिँ २०७७ को संविधान दिवसमा घोषितहरू ।

नयाँ वर्षका दिन सामाजिक सन्जाल नयाँ वर्ष र विभूषण प्राप्तकर्तालाई बधाईँले रंगिएको छ । मुलुक कोभिड–१९ बाट ग्रसित भए पनि राष्ट्रपति र सरकार चाहिँ विभूषण वितरणमा व्यस्त भएको देखिन्छ, एक साताकै बीचमा दुई पटक विभूषण प्रदान गरेर ।

गृह मन्त्रालयको सूचनाअनुसार, नयाँ वर्षका दिन ५९३ जना व्यक्तिलाई मानपदवी, अलंकार, र पदक वितरण गर्ने कार्यक्रम छ । संविधानको धारा २७७ को उपधारा (१) बमोजिमको मन्त्रिपरिषद् सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विभन्न विभूषण वितरण गरेकी हुन् । २०७७ को संविधान दिवसका दिन घोषित पात्रहरुले नयाँ वर्षकै दिन विभूषण पहिरिने अवसर पाएका हुन् ।

तस्बिरः सुनील बज्राचार्य

हेर्नुस् विभूषण प्राप्त गर्नेहरूको सूची :