सरकारले टेबल गरिसकेको एमसीसी सम्झौता संसदको कार्यसूचीबाट रोक्ने अधिकार कसैलाई छैन : प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा टेबल गरेको अमेरिकी सहयोग निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता सभामुखले नियतवश कार्यसूचीमा नल्याएको आरोप लगाएका छन् । उनले सरकारले टेबल गरेका विधेयक, अध्यादेश र सन्धिसम्झौता कार्यसूचीमा प्रवेश गर्नेबाट रोक्ने अधिकार कसैलाई नभएको बताएका थिए ।
सरकारले उक्त सम्झौता दुई वर्षअघि संसदमा प्रस्तुत गरेको हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उक्त सम्झौता टेबल गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले उक्त सम्झौता कार्यसूचीमै ल्याएनन् भने वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच सहमति जुटेपछि मात्र उक्त सम्झौता कार्यसूचीमा ल्याउने अभिव्यक्ति दिएका थिए ।
अमेरिकी सरकारको ५० करोड डलर अनुदान सहयोगमा अन्तरदेशीय विधुत कारोबार संरचनासहितको ३१२ किमी लामो उच्च क्षमताको प्रसारण लाइन र १०० किमी सडक स्तरोन्नतिका लागि उक्त सहायता स्वीकार गर्नेगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त सम्झौता गरेको थियो ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया