सवारी दुर्घटनामा बाबुछाेराकाे मृत्यु

बुटवल । बुटवलको बेलवासमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देही बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५/६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोकस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाईल र बिपरीत दिशाबाट आउदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा मोटरसाईकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको पनि प्रहरीले जानकारी दिएको छ । सोही मोटरसाइकलको पछाडी सवार १५ वर्षिय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षिय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया