कोलकत्तामाथि मुम्बईको संघर्षपूर्ण जित

काठमाडौँ : आइपीएल क्रिकेटमा कोलकत्तालाई मुम्बई इण्डियन्सले पराजित गरेको छ । मंगलबार राती भएको खेलमा मुम्बईले कोलकत्तालाई १० रनले हराएको हो । यसअघि बेंग्लोरसँग हारेको मुम्बईको यो पहिलो जित हो ।
मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमा सिमित भयो । मुम्बईलाई जिताउन राहुल चाहरले चार तथा टे्रन्ट बोल्टले दुई विकेट लिए ।
कोलकत्ताका लागि नितिश रानाले ५७ र शुभमान गिलले ३३ रन बनाएपनि टिमका लागि त्यो पर्याप्त भएन । त्यसअघि १५३ रनमा अलआउट भएको मुम्बईका लागि सुर्यकुमार यादवले ५६ र रोहित शर्माले ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले पाँच विकेट लिए । जितसँगै मुम्बई २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । आइपीएलमा आज राती बेंग्लोर र हैदरवाद खेल्दैछन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया