ओली कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिध्याउन लागे : ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएको लागेको आरोप लगाएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिंदा पनि विदेशीको इशारामा काम गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका छन् ।
अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिष्टहरूको बहुमत भएकोले माओवादीसगँ मिलेर सरकार चलाउन गारो नभएको जिकिर गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको बताए ।
त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कक्युनिष्ट आन्दोलन सिध्याउन लागेको बताउदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे । त्यस्तै विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।
नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ । क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको आयोजकले जनाएको छ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया