सामुयल अकोन्थासलाई ‘डिजाइनर रनवे’को उपाधि

काठमाडौं - मोडल सङ्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको प्रतियोगिता ‘द नेसनल डिजाईनर रनवे २०२२’ को उपाधि सामुयल अकोन्थासले जितेका छन् । प्रतियोगितामा ‘उत्कृष्ट फेसन डिजाइनर’ बनेका उनले उपाधिसँगै उनले ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे ।
त्यसैगरी लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फस्ट रनर अपको उपाधि जित्दा ब्ल्याक फिन्सले सेकेण्ड रनर अपको उपाधि आफ्नो पोल्टामा पारिन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकमा सविन ढुङ्गाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए । विजेताहरुलाई अन्तिम प्रतिस्पर्धाका निर्णायक मण्डल सदस्यसहित अडिसन राउन्डका जज सरोज ओझा, इभेन्ट आयोजक कम्पनी मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुत, इभेन्ट म्यानेजर स्वस्ती दंगाल र इभेन्ट को–अर्डिनेटर सोम बास्तोलाले चेक र खादासहित सम्मान गरेका थिए ।
‘द नेसनल डिजाइनर रनवे २०२२’ को विजेता छनोटअघि पूर्व विजेतासहितका अन्य फेसन डिजाइनरहरुबाट तयार पारिएका पहिरन ६० जना मोडलहरुले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा ¥याम्पमा प्रदर्शन गरेका थिए ।
मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै तीन महिनापछि ‘द नेशनल डिजाइनर रनवे विन्टर सिजन’ गर्ने घोषणा गरे ।कार्यक्रममा गायक विनोद ढकालले ‘ब्रुम ब्रुम’ र ‘उकालीमा पनि हजुर रेलै जाँदो रै’छ’ बोलको गीत गाएका थिए ।

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

प्रतिक्रिया