'अस्थिर राजनीतिक अवस्थाबाट निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक'

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता सिंहले वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लागेको र नैतिकता गुमाएकाले मुलुकलाई निकास दिनुपर्ने बताए ।
‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको हो, उनले भने, 'तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’
उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पुरा गर्ने बताए। मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफै अग्रसर भएको उनको दाबी छ ।
‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो, न सुशासन कायम गर्यो, न विकास निमार्णका कार्य गर्यो, बिकास बजेटसम्म पनि खर्च गर्न सकेन’ उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाइसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’
उनले कांग्रेसको आगामी महाधीवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया