कोभिडको बहानामा मुलुकले फेरि लकडाउन धान्न सक्दैन : कांग्रेस

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहर रोक्न ८ काम तत्काल सुरु गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले अब फेरि मुलुकले लकडाउन धान्न नसक्ने भन्दै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ ।
‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसको कोभिड अनुगमन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’
विश्वका अन्य देशहरूमा देखिएका कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासिन भएका कारण अहिले फेरि संक्रमण फैलदो अवस्थामा पुगेको समितिले बताएको छ ।
गम्भीर विरामीहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चत गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरूर सिमा नाकाबाट आउनेहरूलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङ र सम्भावित संक्रमितहरूलाई लक्षित गरी पीसीआरको परिक्षण दायरालाई व्यापक गराउन, कोभिडविरुद्ध जनतालाई खोप पुर्याउन र खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्न माग गरेको छ ।
स्वास्थ्यकमीलाई दिने घोषणा गरेको जोखिम भत्ता उपलब्ध गराउन, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न र कोभिडको रोकथाम र उपचारसम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारलाई आग्रह गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया