खनाल-नेपाल पक्षले रुपन्देहीमा पनि बनायो समानान्तर कमिटी

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को खनाल-नेपाल पक्षले रुपन्देहीमा पनि समानान्तर कमिटी विस्तार गरेको छ। मंगलबार नेपाल पक्षले राजु गुरुङको अध्यक्षतामा रुपन्देहीमा कमिटी घोषणा गरेको हो। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणा गरेको हो।
नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ। २०५ सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ। जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङको भनाइ छ। क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजकसमेत तोकिएको छ।
एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणालाई तीव्रता दिएको छ। यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_es58pidnDe_hd9mi1dflhq3xo2t91pnrqqxdcebtftvgktdmx5jj0l8p9sf2vl2cnispv7s.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया