आइपीएलमा सन्जुको शतक, राजस्थानमाथि पञ्जाबको जित
काठमाडौँ : आइपीएल क्रिकेटमा सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन् । १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्सका लागि कप्तान सामसनले शतक बनाएका हुन् । तर उनको टिम राजस्थान रोयल्स भने पञ्जाब किंग्ससँग ४ रनल पराजित भयो ।
सोमबार राती पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनाउन सक्यो ।
अन्तिमसम्म क्रिजमा टिकेका सामसनले ११९ रनको शतकीय पारी खेले । अन्तिम बलमा जितका लागि छक्का चाहिएका बेला सन्जु भने अर्शदीप सिंहको बलमा दीपक हुदाबाट क्याचआउट भए । उनी आउट भएसँगै राजस्थानको जितको सपना तुहियो । पञ्जाबले उत्सव मनायो ।
त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । उसका लागि कप्तान लोकेश राहुलले ९१ रन बनाए । विशाल लक्ष्य पछ्याएपनि राजस्थान जित नजिक पुगेर हार व्यहोर्न बाध्य भयो ।
जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ । आइपीएलमा आज राती मुम्बई र कोलकत्ता खेल्दैछन् । मुम्बई पहिलो खेलमा बेंग्लोरसँग पराजित भएको टिम हो ।
कोलकत्ताले पहिलो खेलमा हैदरावादलाई हराएको थियो ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया