सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौंको चोरी

सप्तरी- राजविराज नगरपालिका-२ बसपार्क अगाडिबाट आइतबार राति घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले लाखौँ मूल्य बराबरको गरहना र नगद चोरेर लगेको छ।
स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ बराबरको गरहना र नगद चोरी गरेर लगेको पीडित श्याम देवले बताए । चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा छ । चोरहरू घरकाे मुख्य गेटबाट हाम फालेरभित्र पसेका थिए ।
चोरहरूले दराजको दुई वटा लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पीडित श्याम देवले जानकारी दिए । देव घरमा एक्लै थिए । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाएपछि नजिकै रहेको भाइ प्रमोद देवलाई फोन गरेर बोलाएपछि चाेरी भएकाे खुलेकाे हाे ।
केही दिनअघि कान्छो छोराको विवाह गरेकोले नयाँ बुहारीको गहना, जेठी बुहारी र श्रीमतीको समेत गहना चोरले लगेको छ। पछिल्लो केही दिनयता राजविराजमा मानिस नभएको, एक्लै भएको मौका छोपेर चोरी गर्ने घटना बढिरहेकाे छ ।
राजविज-२ स्थित अमरदीप देव र पाण्डव सिंहको घरको ताल्चा फोरेर लत्ताकपडा, गरगहना, नगद चोरी भएको दुई साता नबित्दै पुनह राजदेवी चाेकको प्रहरी बिट अगाडिबाटै चोरी हुनु दुःखद् घटना भएको स्थानीयको भनाइ छ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया