शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

२ सय ८६ संक्रमित थपिँदा ४ सय ७९ जना डिस्चार्ज

काठमाडौँ- नेपालमा थप २ सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टिजेन परीक्षणका क्रममा ८४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।