६७ थान खयरको काठ बरामद

सिराहा- सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करकाे मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ बरामद गरिएकाे छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लहानको टोलीले बरामद गरेको हो ।
मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको सामुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसाै जातका रूख कटानपछि चोरी निकासी गरी स-मिलसम्म ल्याए फेला परेकाे छ ।
सव-डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स–मिलबाट गत बिहीबार राति खयरको काठ ६८ थान काठ र मिलका संचालक मदन ठाकुरलाई पक्राउ गरिएकाे थियाे । तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए ।
डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स-मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको छ ।
अवैध रुपमा कटान गरी स–मिलसम्म पुर्याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिएनन् ।
सब–डिभिजन वन कार्यालय चोहर्वाका कर्मचारी र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रूपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया