मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशंकर सोनार रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाइट्रोभेट ६ सय ट्याब्लेट, डाइजेपाम ९ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको हो
बिहीबार बिहान वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषधका बारेमा सोधपुछ गर्दा जटाशंकररले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना २६ प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात् निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया