प्रतिबन्धित औषधिसहित धनुषाबाट युवक पक्राउ

जनकपुरधाम - धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् ।
साहलाई जनकपुरधाम उपमहानगरपालिका(७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डिएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ ।
साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगंज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया