करेन्ट लागेर पाख्रिन दम्पतीको मृत्यु

हेटौंडाः मकवानपुरमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । हेटौंडा-९ स्थित सिमेन्ट उद्योग नजिकै रहेको घरमा करेन्ट लागेर ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आज बिहान ९ बजे उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ११ हजार भोल्टेजको करेन्ट लागेको हेटौंडा-९ का वडाअध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए । फलामको डन्डीले तारलाई व्यवस्थित गर्न खोज्दा करेन्ट लागेको उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया