कोलकत्ताले हैदरावादलाई हरायो

काठमाडौँ : आइपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई हराएको छ । आइतबार राती चेन्नेईमा भएको खेलमा कोलकत्ता १० रनले विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । उसका लागि नितिश रानाले ८० रनको योगदान दिए ।
जवाफी ब्याटिङ थालेको हैदरावाद भने निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनमै रोकियो । उसका लागि मनिष पाण्डेले नटआउट ६१ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । कोलकत्ताका प्रसिध कृष्णले दुई विकेट लिए ।
जितसँगै कोलकत्ता २ अंकसहित लिगको दोस्रो स्थानमा छ । आइपीएलमा आज राजस्थान र पञ्जाब खेल्नेछन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया