प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ ।
गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीश राणालाई महाअधियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने छन् ।
प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समयपछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमुति दिए पछि पहिलो बैठक बस्न लागेको हो ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया