कांग्रेस पदाधिकारी बैठकमा देउवा र पौडेल सहभागी नहुने

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् । भोलि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकमा सभापति देउवा र नेता पौडेल सहभागी नहुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘भोलिको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र संरचना समायोजन र महाधिवेशनबारे छलफल गर्न पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो,’ स्वकीय सचिव देउवाले इकागजसँग भने, ‘त्यसमा उपसभापति, महामन्त्रीलगायतका पदाधिकारीसहित नेताहरू सहभागी हुनुहुन्छ । सभापति र वरिष्ठ नेता सहभागी हुनुहुन्न ।’
दुई बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन् । केन्द्रीय कार्यालयमा नेताहरू आउने क्रम सुरु भएको तर बैठक सुरु नभएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया