प्रकाशमान सिंहको आरोप : प्रधानमन्त्रीले संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरे

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको बताएका छन् । आइतबार नेपाल दलित संघले काठमाडौँमा आयोजना गरेको जिल्ला भेलामा उनले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद् पुन:स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए ।
नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसद्मा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिए । विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति व्यक्त गर्दै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गरे ।
त्यस्तै उहाले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताए । अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनले बताए ।
नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने उल्लेख गरे । त्यस्तै उहाले कांग्रेसको महाधिवेशन विधि र प्रक्रिया अनुसार हुनुपर्ने बताए ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया