चोरीको काठ कुखुराको खोरमा

महोत्तरी- सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु)को काठ बरामद गरेको छ ।
बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो ।
बरामद काठको मूल्य करिब रु दुई लाख भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षा सशस्त्र प्रहरीको संयुक्त गस्ती परिचालन गर्न लागिएको जनाएको छ । रासस

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया