भदौ ५ देखि बालबालिकालाई दोस्रो चरणको फाइजर खोप

काठमाडौँ- सरकारले बालबालिकालाई दोस्रो चरणको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म लगाउने भएकाे छ । दोस्रो चरणको पहिलो मात्रा ५० जिल्लामा लगाउने भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउने छ ।
दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा लगाइने भएको छ । मधेश प्रदेशमा बारा, रौतहट र सर्लाही रहेका छन् ।
बागमती प्रदेशमा रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक । गण्डकीमा बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ छन् ।
लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम छन् । कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट छन् । सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बझाङ,बाजुरा, बैतडी र दार्चुलामा दोस्रो चरण अन्तर्गतको बालबालिकाले कोभिडविरुद्धको खोप पाउने भएका हुन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया