न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए ।
नयाँ निर्देशिकाले न्यायालयलाई झन प्रभावित पार्ने चौतर्फी चिन्ता बढ्न थालेको र व्यक्तिगत स्वार्थ जोडिएकाले न्यायाधीश नियुक्तिको प्रक्रियामा अदालतका कर्मचारीहरु, सरकारी वकिलहरु, कानुन अधिकृतहरु एवं कानुन व्यवसायीहरुबीच असमान व्यवस्था भएको रिट निवेदनमा छ ।
नेपालको संविधानको धारा २९ को शोषणविरुद्धको हकमा आघात पुगेको र धारा ३३ को रोजगारीको हकको भावना र धारा १८ को समानताको हक एवं धारा २० को न्यायको हकविपरीतको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका भएकाले उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया