आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

आइपीएलमा दिल्लीले चेन्नाईलाई हरायो

काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नाईलाई हराएको छ । शनिबार राती भएको खेलमा दिल्लीले चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १८९ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै भेट्टायो । उसका लागि शिखर धवनले ८५ र पृथ्वी शाले ७२ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

उसका लागि सुरेश रैनाले ५४, मोइन अलिले ३६ र साम कुरानले ३४ रन बनाए । जितसँगै दिल्ली २ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि नेट रनरेटका आधारमा बेंग्लोर दोस्रो स्थानमा छ । आइपीएलमा आज हैदरावाद र कोलकत्ता खेल्नेछन् ।