मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ

महोत्तरी- महोत्तरीमा श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् ।
मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय बर्दिबास टोलीले उक्त समूहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकै घरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिलकुमार राम रहेको प्रहरीले जनाएको छ ।
१५ साउनको राती वडा न.१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरी भएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तीव्र खोजतलासमा लागेको थियो ।
अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।
राम एकवालको घरबाट अन्य चोरी गरेका मोटरसाइकल समेत फेला परेका छन । ज १२ प ८४८६, प्र-०१-००२-प ५५२९ नम्बरको मोटरसाइकल सहित ४ मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
प्रहरीले अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ । बर्दिबास लगायत जिल्लाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलको विषयमा समेत रहस्य खुल्न सक्ने प्रहरीको अनुमान रहेको छ । न्युज कारखाना

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया