आईपीएलमा कसले जित्छ ? अनुमान गर्नुस्, २५ हजार रुपैयाँ जित्नुस्

काठमाडौं : रोलिङ नेक्ससले नेपालमा क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ । २५ हजार रुपैंयासम्म जित्न सकिने प्रेडिक्ट एण्ड विन योजना शुक्रबारबाट भारतमा सुरु हुनलागेको आइपिएल (इण्डियन प्रिमियर लिग) खेलका दौरान लागू हुने रोलिङ नेक्ससले बताएको हो ।
आईपिएल सिजनको पहिलो विजेताले १२ हजार रुपैयाँ नगद र गिफ्ट हृयाम्पर पाउने छ भने क्रमशः दोस्रोले ५ हजार तथा तेस्रोले ३ हजार र उपहारहरू पाउने कम्पनीले जनकारी दिएको छ । रोलिङ नेक्सस डट कम लगइन गरी अथवा मोवाइल एप डाउनलोड गरी आफ्नो प्रोफाइल बनाइ प्रेडिक्ट एण्ड विन योजनामा सामेल हुन सकिने रोलिगं नेक्ससका एचआर म्यानेजर रंजित थापाले जानकारी दिए ।
नेपाली खेलप्रेमी युवामाझ क्रिकेटको लोकप्रिययता बढीरहेको देखेर उनीहरुलाई लक्षित गर्दै यस्तो योजना सुरु गरेको थापाले जानकारी दिए । एक व्यावसायिक सामाजिक सञ्जालको रुपमा रहेको नेक्ससले आफ्नो मूल उदेश्य रोजगारी सृजना स्वरोजगारी र उधमशिलताको प्रवर्द्धनबाहेक यस्तो मनोरन्जनसामग्री पस्कने गरेको छ। गत वर्षको आइपिएल २०२० मा पनि बढी खेलप्रेमीले सहभागिता जनाई सफल भएको थापा बताउछन् । यसका सुविधाहरू म्याच भन्दा १२ घण्टा अगाडी प्रेडिक्ट गर्न पाइने म्याचको बारेमा साथिभाईसँग मेसेजबाट कुरा गर्न मिल्ने आफ्नो र्यांकिङ हेर्न मिल्ने जस्ता कुरा समेटिएका छन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया