लागूऔषधसहित धनकुटाबाट एक जना पक्राउ

धनकुटा- प्रहरीले लागूऔषधसहित धनकुटाबाट एक जनालाई पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका-५ घर भई हाल धनकुटा-७ स्थित डेरा बस्ने २८ वर्षीय राकेश राई पक्राउ परेका हुन् ।
शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला पारी सोधपुछ गरिएको प्रहरीको भनाइ छ । उनले अञ्जु विश्वकर्माको कोठाभित्र लागूऔषध लुकाई छिपाई राखेको जानकारी गराएका थिए ।
तत्कालै अञ्जुको कोठामा खान तलासी गर्दा अबैध लागूऔषध दुई किलो गाँजा, ३ बट्टा लागूऔषध कोरेक्स, ६० चक्की नाइट्रोजेपाम, १ हजार १५० चक्की स्पास्पेन र १ हजार २१० चक्की ट्रामोल फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया