सुर्खेतको सिस्नेरीमा आगलागी हुँदा नौ घर जले

सुर्खेत : पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल गाउँपालिका-९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपरान्ह चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन भने एउटा आशिंक रुपमा जलेको वडा अध्यक्ष युवराज कार्कीले जानकारी दिए ।
उनकाअनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । ‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगो बस्तीमा पुग्दा घर जलेका हुन्,’ वडाध्यक्ष कार्कीले भने, ‘आगो नियन्त्रण गर्न प्रहरी र स्थानीयबासी खटिएपछि नियन्त्रणमा आएको छ ।’
सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालको लागि खाद्यान्नहरु पनि वितरण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया