चुनाव हारेपछि यसकारण ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । उनले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट 'बर्खास्त' गरिएको घोषणा गरेका हुन । न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ ।
पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो । अमेरिकामा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् र उनले नतिजालाई अदालतमा चुनौती दिने वाचा गर्दै आएका छन् ।
अमेरिकामा आगामी जनवरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन् । ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो ।
विवादको कारण ?
केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए । एकजना अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा भएका प्रदर्शनहरूको अन्त्य गर्नका लागि सेना प्रयोग गर्ने धम्की ट्रम्पले दिएका थिए ।
गत जुन महिनामा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए । उक्त टिप्पणीबाट ह्वाइट हाउस चिढिएको बताइएको छ । उक्त टकराबका कारण राष्ट्रपतिले रक्षामन्त्री हटाउने आङ्कलन गरिएको थियो । तर सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)प्रति राष्ट्रपतिको व्यवहारका विषयमा पनि एस्पर र ट्रम्पबीच फरक मत थियो । गत हप्ता मीलीटेरी टाइम्ससँगको अन्तर्वार्ताका क्रममा एस्परले ह्वाइट हाउससँग कठिन सम्बन्ध भए पनि राजीनामा दिनु सही काम नहुने आफ्नो विश्वास रहेको बताएका थिए । ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा कैयौँ अधिकारी र सल्लाहकारहरूलाई प्राय ट्विटरबाट सूचना सार्वजनिक गर्दै निष्कासित गरेका छन् । (बीबीसी)

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7OKSeBG3qn_i72cao1tsephugrbccdvsbvyo4nu8ufzs3n1fqhhtvygscpbcezwvy08srxa.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

प्रतिक्रिया