जसपा नेता महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी दर्ता

सिराहा- सिराहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ । गोलबाजार नगरपालिका १३ बस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।
घरमा कोही नभएको मौका छोपी महतोले जबरजस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता भएको हो ।
उक्त घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
आरोपित महतो फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए । न्युज कारखाना

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया