शनिबार दिउँसो भैरवनाथको रथ तानिने (तालिकासहित)
भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्राको रथ शनिबार दिउँसाे दुई बजेदेखि तान्न सुरु गर्ने निर्णय भएको छ । जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले भैरवनाथको रथ शनिबार दिउँसो २ बजेदेखि तान्न सुरु गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरलगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको सहभागितामा बसेकाे उक्त बैठकले रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका)सम्म र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न अनुराेध गरेकाे छ । त्यस्तै रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
साथै यो वर्ष चैत २८ गते आइतबार ‘द्यो क्वँ बिज्याइगु’ जात्रासँगै ‘पशाःचर्हे’ पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बली दिने कार्य गराउने निर्णय गर्यो ।
त्यस्तै जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुरलाई, विद्युत प्रसारण सुचारु गर्न विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखा र टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न नेपाल टेलिकम, भक्तपुरलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।
जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, च्याम्हासिंह, यहाँका विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठकले गर्यो । बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत्र २७ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ । बैठकले पारित गरेको बिस्का जात्रासम्बन्धी कार्यतालिका निम्नबमोजिम रहेको छ :

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
प्रतिक्रिया