झापामा दुई बालिका बलात्कृत, स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेकाे पुष्टि

झापा- झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति पक्राउ गरेको छ ।
मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ । उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापामा नै एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार पक्राउ गरेको छ ।
राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया