गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वर्ल्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्त समेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए । हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो ।
उनका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाकधम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआर समेत नियन्त्रणमा लिइएको छ ।
पक्राउमा परेका व्यक्तिहरु उपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया