तस्बिर फेसबुकमा राखिदिन्छु भन्दै जबरजस्ती करणी

रुपन्देही- रुपन्देहीमा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका-९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका-१ का १७ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो । ती युवतीलाई सोधपुछ गर्दा दुई किशोरले युवतीको विभिन्न फोटाेहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए ।
किशोरहरूले युवतीलाई यौन सम्पर्क गर्न देऊ अनि मात्र बल्ल तिम्रो फोटाेहरू फालिदिन्छौँ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरीले आइतबार सैनामैना नगरपालिका-७ देउवापारबाट पक्राउ गरेको छ ।
उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको एक थान मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान थालिरहेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया