खैराे हिराेइन काराेबार गरेकाे आराेपमा पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
प्रहरीले भजनी नगरपालिका-३ बस्ने २३ वर्षीय बुटा सिंहको घरमा खैरो हेरोईनको कारोबार भैरहेको सूचनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बुटासहित टीकापुर-१ बस्ने वर्ष ३१ का जीवन शाह र टीकापुर-६ नरायणपुर बस्ने वर्ष २१ का अमित रावल पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूबाट ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईन बरामद गरेको थियो। त्यस्तै प्रहरीले लम्कीचुहा नगरपालिका-८ बचेलाका शिशिर साउदलाई समेत पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुर मातहत प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १८ ट्यावलेट र नाईट्राभेट १० पत्ता बरामद गरेको थियो। अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया