एटिएम मेसिन फोरेर १५ लाख चोरी

कास्की- पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।
चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा रु १७ लाख राखेकामा रु दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।
पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा-९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया