प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन भएपछि अतिआवश्यक सेवा बन्द

बारा - बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९/८० को नगरसभा समेत भएकाे छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नवीकरण समेत नहुँदा पचरौता नगरपालिकाकाे सेवा अवरुद्ध भएकाे हाे ।
नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नवीकरण हुन नसकेकाे नगरप्रमुख जलन्धर सिंह जैसवारले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहीन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेकाे छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिङ्ग सेन्टर र ल्याबको सम्पूर्ण सेवा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।
’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्कविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने । नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तीमध्ये २२ जना करारका छन् ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया