सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ- नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका-१६ घर भएका २० वर्षीय सिद्धार्थ बुढाथोकी र काठमाडौँ खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका-२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् ।
असार २३ गते राति काठमाडौँ महानगरपालिका-१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रही फरार रहेका उनीहरूलाई चोरी भएका विभिन्न सुन तथा चाँदीका गहनासहित पक्राउ गरेको हो । उनीहरूबाट सुनको तिलहरी, सिसा दानी, चुकुन्द, लकेट, बथनी अर्घ, ऐना र मुकुट १/१ थान, चाँदीको करूवा, पाता, गिलास र माला २/२ थान, दियो ५ थान, दियो बाल्ने ११ थान, कचौरा ४ थान, चम्चा ३ थान र १ सय २४ थान विभिन्न सिक्काहरू प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया